
फाइल तस्वीर
१७ मंसिर, सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका- ७, औलमा ट्याक्टर पल्टिँदा चालक सोही ठाउँका २६ वर्षीय करण नेपालीको मृत्यु भएको हो ।
राडी बजारबाट औलतर्फ जादै गरेको रा १ त ४४१२ नम्बरको खाली ट्याक्टर शुक्रबार बिहान एक्कासी सडकमा पल्टिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार ट्याक्टरमा सवार चालक नेपालीकी १९ वर्षीया श्रीमती सपना नेपाली घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4