+
+

पढाइलाई प्रभावकारी बनाउन मिडवाइफरी शिक्षकलाई तालिम

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १९:१०

१९ मंसिर, काठमाडौं। मीडवाईफरी अध्‍ययापन गराउने शिक्षकहरुको लागि तालिम १४ दिने सञ्चालन भइरहेको छ।

मिडवाईफरीको पढाइ पूर्ण रुपमा दक्षतामा आधारित हुने भएकोले तालिममा मीडवाईफरीका शिक्षकहरुलाई प्रभावकारी अध्यापन गराउनको लागि गर्न सकिने प्रयास, उपायको बारेमा तालिम दिने गरिएको मीडवाईफरी संघकी अध्यक्ष डा.लक्ष्मी तामाङले बताइन् ।

तालिममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, प्रसूती गृह थापाथली, वीर अस्पताल र नेम्स कलेजबाट गरी १४ जना शिक्षक तालिममा सहभागी छन् ।

यौन तथा प्रजनन दर, सुरक्षित मातृत्व, मातृमृत्युदर र शिशु मृत्युदर घटाउनको लागि मीडवाईफरीको भूमिका अहम हुने पुष्टि भएकोले नेपालमा पनि मीडवाईफरीको संख्या बढाउने नेपाल सरकारले लगानी गर्दै आएको छ ।

दीगो विकास लक्ष्य प्राप्ति गराउनको लागि नेपालमा कम्तिमा ९ हजार मीडवाईफरीको आवश्यकता भएको नेपाल सरकारले निष्कर्ष निकालेको छ। तर तालिमप्राप्त नर्सहरु अन्य वार्ड (ट्रमा सेन्टर, बच्चा वार्ड, सर्जिकल वार्ड) मा काम गर्ने भएकोले नतिजा प्रभावकारी नआएपछि मीडवाईफरी अध्यापनमा जोड दिन थालेको छ ।

सरकारले सन् २००६ मा लागू गर्ने नीति ल्याए पनि २०१६ देखि मात्रै कार्यन्वयनमा आएको हो । सोही अनुसार सन् २०१६ मा काठमाडौं विश्वविद्यालयले, २०१७ मा नेम्स कलेजले, २०१८ मा कर्णाली विज्ञान प्रतिष्ठानले मीडवाईफ्री पढाउन थालेको छ ।

यी कलेजहरुबाट अहिलेसम्म जम्मा २९ जना मीडवाईफरी उत्पादन भएका छन् । चिकित्सा आयोगले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि मीडवाईफ्री पढाउने अनुमति दिएको छ । यो वर्ष प्रतिष्ठानले २० जना विद्यार्थी पढाईरहेको छ । स्नातक सरहको कम्तिमा तीन वर्षको पढाइ हुने गरेको छ ।

तीन वर्षे प्रमाणपत्र तहको मीडवाईफरी उत्पादन गर्ने भनेर वि.सं. २०७५ मा स्वास्थ्य मन्त्रालय र सीटीइभीटी मिलेर पाठ्यक्रम तयार गरेपनि अझैसम्म पनि अध्यापन भने शुरु भएको छैन ।

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले रणनीति पनि बनाएको संघकी अध्यक्ष तामाङले बताइन्। यसअघि नर्सिङ परिषदले तीन पटक यस्तो तालिम दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?