+
+

१८ इन्जिनियरको लाइसेन्स खारेज

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते २०:०२

२८ मंसिर, काठमाडौं। नेपाल इन्जिनियरिङ परिषद्ले आचारसंहिता तथा ऐनविपरीत काम गरेको भन्दै १८ जना इन्जिनियरको लाइसेन्स खारेज गरेको छ ।

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा १८ को उपदफा (१) खण्ड (ग) र खण्ड (ङ) बमोजिम परिषद्को विभिन्न मितिमा निजहरुको नाम दर्ता किताबबाट हटाउने निर्णय भए अनुसार दर्ता किताबबाट हटाइएको जनाएको छ ।

परिषद्ले विभिन्न उजुरीको आधारमा छानबिन गर्दा कैफियत देखिएपछि दर्ता किताबबाट हटाईएको रजिष्ट्रार इन्जिनियर शिवमंगल गिरीले बताए ।

परिषदको बैठकले विभिन्न समयमा दर्ता किताबबाट हटाउने निर्णय गरेकाहरु मध्ये १० जनाको लाईसेन्स पूर्ण रुपमा खारेज भएको र बाँकी ८ जनाको भने सर्वोच्चले परिषदको निर्णय कार्यन्वयन नगर्नु भनी अन्तरिम आदेश दिएको छ ।

रजिष्ट्रार गिरीको अनुसार दर्ता किताबबाट हटाइएका व्यक्तिहरुले इन्जिनियरिङका कुनै पनि काम गर्न पाउँदैनन् । सर्वोच्च अदालतले दर्ता किताबबाट हटाइएका व्यक्तिको हकमा फैसला गरेको अवस्थामा भने पुनः दर्ता हुन्छ । लाइसेन्स खारेज हुने इन्जिनियर सिभिल र जियोलोजी विधाका हुन् ।

दर्ता किताबबाट नाम खारेज भएपछि इन्जिनियरको लाइसेन्स स्वत : खारेज हो । कसैले आचारसंहिता उल्लंघन गरेमा र त्योबाहेकको काम गरेमा इन्जिनियरको लाइसेन्स खारेज हुने ऐनले व्यवस्था गरेको छ ।

परिषद्ले निर्णय गरेपछि दर्ता किताबबाट हटाए पनि परिषदको वेबसाइटमा भने भर्खरै राखेको हो । रजिष्ट्रार गिरीले भने ‘परिषदको निर्णय भएपछि दर्ता किताबबाट हटाइएको हो । तर कारबाहीमा परेकाहरुको नामावली सार्वजनिक गर्न सुझाव आएपछि भर्खरै राखिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment