+
+

पञ्जाबको लुधियानास्थित जिल्‍ला अदालतभित्र विस्फोट, दुई जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १४:३८

८ पुस, काठमाडौं । पञ्जाबको लुधियानास्थित जिल्‍ला अदालतको परिसरभित्र विस्फोट हुँदा  दुई जनाको मृत्यु भएको छ ।

लुधियानाका पुलिस कमिश्नर गुरप्रीत सिंह बुल्लारले अदालतको दोस्रो तल्लामा रहेको रेकर्ड रुममा विस्फोट भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

अदालतभित्र नियमित क्रियाकलाप भइरहेका बेला भएको विस्फोटमा परी अन्य दुईजना घाइते भएका उनको भनाइ छ ।

विस्फोटपछि पञ्जाबमा मुख्यमन्त्री चरनजीत सिंह चन्नीले आफू लुधियाना जान लागेको बताएका छन् । पञ्जाबमा विधानसभा चुनाव नजिकिँदै गर्दा राष्ट्रविरोधी शक्तिले यस्ता घटना घटाएको पनि चन्नीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?