+
+

१७ दिनदेखि बेपत्ता बालक मृत भेटिए

रासस रासस
२०७८ पुष १४ गते १९:२३

१४ पुस, पर्वत। विगत १७ दिनदेखि बेपत्ता एक बालक मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २४ गते घरबाट गोरु चराउन निस्किएका पर्वतको मोदी गाउँपालिका-६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मङ्गलबार साँझ मृत भेटिएका हुन् ।

पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार मङ्सिर २४ गते दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरूले खोजी सुरु गरेका थिए ।

फेला नपरेपछि डिमुवा प्रहरी कार्यालयमा २७ मङ्सिरमा खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार सुस्त मनस्थिति र बोलीमा समस्या भएका कारण उनको उद्धार समयमा हुन नसकेको हो ।

‘बोल्न सकेको भए खोजीमा जाने व्यक्तिले पत्ता लगाउन सहज हुन्थ्यो” बुढाथोकीले भने, ‘बोल्न नसकेपछि कतै झाडीमा अल्झिएर यत्तिकै बेपत्ता भएपछि जङ्गली जनावरले फेला पारेको हुनुपर्छ ‘

जङ्गली जनावरले शरीरका विभिन्न अङ्ग खाएको अवस्थामा शव फेला पारेको उनले बताए । बालक रात्माटा र दराकको बीचमा पर्ने खोपी भन्ने स्थानमा मृत भेटिएका हुन् । उनको मृत्युको यथार्थ विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?