+
+

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबीच टेलिफोन वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १९:०४

२२ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन कुराकानी भएको छ ।

बिहीबार साँझ भएको टेलिफोन कुराकानीमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्विटरमा उल्लेख गरेका छन् । उनले विकास साझेदारी र कोरोना महामारीविरुद्धको संघर्षमा सहकार्यका विषयमा पनि छलफल भएको बताएका छन् ।

दुवै परराष्ट्रमन्त्रीबीच दुई देशबीचको सम्बन्धनमा उत्पन्न समस्या समाधान गर्दै जाने विषयमा पनि कुराकानी भएको जयशंकरले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते भारत भ्रमणमा जाने तय भएको थियो । तर  भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएपछि उनको भारत भ्रमण पनि स्थगित भएको छ । यही सन्दर्भमा दुई परराष्ट्र मन्त्रीबीच छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?