+
+

ललितपुर महानगरका फ्रन्टलाइनरलाई भोलिदेखि बुस्टर डोज खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १६:४५

३ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबारदेखि कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै महानगरका ८ वटा अस्पतालबाट बुस्टर डोज खोप दिने जानकारी दिएको हो ।

माघ ६ गतेसम्म सञ्चालन हुने बुस्टर डोज खोप अभियानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिइने छ ।

यस्तै सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था, बैंकिङ सेवा)का कर्मचारी,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक लगायतलाई पनि बुस्टर डोज खोप दिइने महानगरले जनाएको छ ।

हेर्नुस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?