+

यसरी गर्न सकिन्छ घरमै पनि छाला र कपालको हेरचाह

२०७८ माघ  ७ गते ११:४५ २०७८ माघ ७ गते ११:४५
यसरी गर्न सकिन्छ घरमै पनि छाला र कपालको हेरचाह

६ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको छ । एकैदिन हजारौं संक्रमित देखिन थालेपछि सरकारले स्मार्ट लकडाउन लागू गरेको छ । आर्थिक गतिविधि सञ्चालनमा कुनै प्रतिबन्ध नलगाएपनि संक्रमणको त्रासमा ग्राहकहरुको चहलपहल भने घटेको छ ।

अन्य व्यवसायमा जस्तै सौन्दर्य सम्बन्धी काम गर्ने पार्लर व्यवसायमा पनि कोरोनाको असर परेको छ । जसका कारण पहिलेजस्तो ग्राहकहरुको उपस्थिति छैन । सामान्यतया जाडो मौसम र त्यसमा पनि विवाहको सिजनमा ब्युटी पार्लरमा मानिसहरुको भीड हुनुपर्ने हो । तर, कोरोना महामारीले यसमा असर पारेको देखिन्छ ।

बिहेको सिजन भएपनि ग्राहकको उपस्थिति पातलो

माघ महिना विवाहको सिजन पनि हो । तर, सरकारले कोरोनाका कारण २५ जनाभन्दा धेरै भेला हुन नपाउने भनेपछि भटाभट बिहेको रिसेप्सन पार्टी स्थगित हुन थालेका छन् । जसले गर्दा पार्लरमै आएर सिंगारपटार गर्नेहरु घट्न पुगेका छन् । रिसेप्सनमा जान मेकअपको अपोइन्टमेन्ट लिएकाहरुले पनि रिसेप्सन क्यान्सिल भएसँगै मेकअप नगर्ने सोचमा पुगेका छन् ।

सौन्दर्य व्यवसायी खुशी पाठक

त्यसो त, सौन्दर्यका लागि विन्टरभन्दा समरमा पार्लर धाउने मानिस धेरै हुन्छन् । तर, कतिपय नियमित प्रयोग गर्नुपर्ने सौन्दर्य सामग्रीहरु हुन्छन्, जुन चिसो मौसममा पनि अनिवार्य गर्नुपर्ने हुन्छ । जस्तो, पार्लरमा हेयर कटिङ सधैं हुन्छ, ओयल मसाज, फुड स्पा लगायतका लागि कोरोना महामारीका बीच पनि धेरै आउँछन् । विन्टर होस् या समर सिजन, कोही पनि व्यक्ति बाहिर निस्कने बेलामा ग्रुम र स्मार्ट बनेर हिँड्नुपर्छ भन्ने चलन आइसक्यो । त्यसले पनि विन्टरमा पनि पार्लर धाउनेहरु बढेका छन् ।

तर, अहिले कोरोना सर्ने हो कि भनेर कम व्यक्ति मात्रै आउने गरेका छन् । यसमध्ये पनि मेकअप गर्नेहरु अलिक कम हुने हो, अरु त जरुरी नै भएकाले नियमित नै आउने गरेका छन् ।

घरमै पनि गर्न सकिन्छ छाला र कपालको हेरचाह

जाडोको समय भएकाले छालाको हेरचाहका लागि पार्लरमा गइरहन गाह्रो हुन सक्छ । यस्तो अवस्थामा घरमै पनि फेसवास गर्ने, क्लिन्जिङ गरेर मोइस्चराइजर लगाउने, बेलुका नाइट क्रिम लगाउने जस्ता काम गर्न सकिन्छ । साथै, खानपानमा पनि धेरै ध्यान दिनुपर्छ । खानपान भन्नाले हामीले बिहान–बेलुका खाने खानाले पनि हाम्रो छालाको सुन्दरतालाई असर गर्छ । जस्तो, चिल्लो नखाने, पानी मनतातो मात्रै खाने गर्नुपर्छ ।

यसैगरी जाडोमा कपाल सुख्खा हुने र चायाँ पर्ने हुन्छ । यसका लागि हेयर स्पा गर्ने, घरमै पनि कपाल धोएर एलोभेरा, मेथीको दाना कुटेर लगाउने, हेयरमास्क लगाउने जस्ता उपाय अपनाउन सकिन्छ । बजारमा अनेकथरीको हेयरमास्क पाइन्छ, कपालको प्रकृति अनुसार त्यो प्रयोग गर्न सकिन्छ । यस्तै नुहाउने बेलामा कपाल अनुसारको स्याम्पु चाहिन्छ, सबै कपालमा एउटैखाले स्याम्पु सुट नगर्न सक्छ । त्यसको लागि हेयर डिजाइनरसँग सल्लाह गरेर स्याम्पु छनोट गर्न सकिन्छ । यसबाहेक बढी चिसो र बढी तातोपानीले ननुहाई मनतातो पानीले मात्रै कपाल पखाल्ने गर्नुपर्छ ।

कपाल कसैको ओइली हुन्छ भने कसैको सुख्खा हुन्छ । २-३ दिनमा एकपटक नुहाउँदा पनि हुन्छ । स्किन केयरमा बढी ध्यान दिनुपर्छ । यो केटा र केटी दुवैको लागि उचित हुन्छ । कपालको अवस्था अनुसार दैनिक स्याम्पु प्रयोग गर्नु हुँदैन । कपालमा केही समस्या आयो भने चिकित्सक वा कपालको सुरक्षासम्बन्धी विशेषज्ञसँग पनि सल्लाह गर्न सकिन्छ ।

(थापाथलीस्थित ऐना युनिसेक्स सैलुनकी सञ्चालिका पाठकसँग गरिएको कुराकानीमा आधारित)

कपालको सुरक्षा कोरोना भाइरस छाला हेरचाह
लेखक
खुशी पाठक, सौन्दर्य व्यवसायी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुट्कारा ?

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुट्कारा ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू