+

यसरी गर्न सकिन्छ घरमै पनि छाला र कपालको हेरचाह

२०७८ माघ  ७ गते ११:४५ २०७८ माघ ७ गते ११:४५
यसरी गर्न सकिन्छ घरमै पनि छाला र कपालको हेरचाह

६ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको छ । एकैदिन हजारौं संक्रमित देखिन थालेपछि सरकारले स्मार्ट लकडाउन लागू गरेको छ । आर्थिक गतिविधि सञ्चालनमा कुनै प्रतिबन्ध नलगाएपनि संक्रमणको त्रासमा ग्राहकहरुको चहलपहल भने घटेको छ ।

अन्य व्यवसायमा जस्तै सौन्दर्य सम्बन्धी काम गर्ने पार्लर व्यवसायमा पनि कोरोनाको असर परेको छ । जसका कारण पहिलेजस्तो ग्राहकहरुको उपस्थिति छैन । सामान्यतया जाडो मौसम र त्यसमा पनि विवाहको सिजनमा ब्युटी पार्लरमा मानिसहरुको भीड हुनुपर्ने हो । तर, कोरोना महामारीले यसमा असर पारेको देखिन्छ ।

बिहेको सिजन भएपनि ग्राहकको उपस्थिति पातलो

माघ महिना विवाहको सिजन पनि हो । तर, सरकारले कोरोनाका कारण २५ जनाभन्दा धेरै भेला हुन नपाउने भनेपछि भटाभट बिहेको रिसेप्सन पार्टी स्थगित हुन थालेका छन् । जसले गर्दा पार्लरमै आएर सिंगारपटार गर्नेहरु घट्न पुगेका छन् । रिसेप्सनमा जान मेकअपको अपोइन्टमेन्ट लिएकाहरुले पनि रिसेप्सन क्यान्सिल भएसँगै मेकअप नगर्ने सोचमा पुगेका छन् ।

सौन्दर्य व्यवसायी खुशी पाठक

त्यसो त, सौन्दर्यका लागि विन्टरभन्दा समरमा पार्लर धाउने मानिस धेरै हुन्छन् । तर, कतिपय नियमित प्रयोग गर्नुपर्ने सौन्दर्य सामग्रीहरु हुन्छन्, जुन चिसो मौसममा पनि अनिवार्य गर्नुपर्ने हुन्छ । जस्तो, पार्लरमा हेयर कटिङ सधैं हुन्छ, ओयल मसाज, फुड स्पा लगायतका लागि कोरोना महामारीका बीच पनि धेरै आउँछन् । विन्टर होस् या समर सिजन, कोही पनि व्यक्ति बाहिर निस्कने बेलामा ग्रुम र स्मार्ट बनेर हिँड्नुपर्छ भन्ने चलन आइसक्यो । त्यसले पनि विन्टरमा पनि पार्लर धाउनेहरु बढेका छन् ।

तर, अहिले कोरोना सर्ने हो कि भनेर कम व्यक्ति मात्रै आउने गरेका छन् । यसमध्ये पनि मेकअप गर्नेहरु अलिक कम हुने हो, अरु त जरुरी नै भएकाले नियमित नै आउने गरेका छन् ।

घरमै पनि गर्न सकिन्छ छाला र कपालको हेरचाह

जाडोको समय भएकाले छालाको हेरचाहका लागि पार्लरमा गइरहन गाह्रो हुन सक्छ । यस्तो अवस्थामा घरमै पनि फेसवास गर्ने, क्लिन्जिङ गरेर मोइस्चराइजर लगाउने, बेलुका नाइट क्रिम लगाउने जस्ता काम गर्न सकिन्छ । साथै, खानपानमा पनि धेरै ध्यान दिनुपर्छ । खानपान भन्नाले हामीले बिहान–बेलुका खाने खानाले पनि हाम्रो छालाको सुन्दरतालाई असर गर्छ । जस्तो, चिल्लो नखाने, पानी मनतातो मात्रै खाने गर्नुपर्छ ।

यसैगरी जाडोमा कपाल सुख्खा हुने र चायाँ पर्ने हुन्छ । यसका लागि हेयर स्पा गर्ने, घरमै पनि कपाल धोएर एलोभेरा, मेथीको दाना कुटेर लगाउने, हेयरमास्क लगाउने जस्ता उपाय अपनाउन सकिन्छ । बजारमा अनेकथरीको हेयरमास्क पाइन्छ, कपालको प्रकृति अनुसार त्यो प्रयोग गर्न सकिन्छ । यस्तै नुहाउने बेलामा कपाल अनुसारको स्याम्पु चाहिन्छ, सबै कपालमा एउटैखाले स्याम्पु सुट नगर्न सक्छ । त्यसको लागि हेयर डिजाइनरसँग सल्लाह गरेर स्याम्पु छनोट गर्न सकिन्छ । यसबाहेक बढी चिसो र बढी तातोपानीले ननुहाई मनतातो पानीले मात्रै कपाल पखाल्ने गर्नुपर्छ ।

कपाल कसैको ओइली हुन्छ भने कसैको सुख्खा हुन्छ । २-३ दिनमा एकपटक नुहाउँदा पनि हुन्छ । स्किन केयरमा बढी ध्यान दिनुपर्छ । यो केटा र केटी दुवैको लागि उचित हुन्छ । कपालको अवस्था अनुसार दैनिक स्याम्पु प्रयोग गर्नु हुँदैन । कपालमा केही समस्या आयो भने चिकित्सक वा कपालको सुरक्षासम्बन्धी विशेषज्ञसँग पनि सल्लाह गर्न सकिन्छ ।

(थापाथलीस्थित ऐना युनिसेक्स सैलुनकी सञ्चालिका पाठकसँग गरिएको कुराकानीमा आधारित)

कपालको सुरक्षा कोरोना भाइरस छाला हेरचाह
लेखक
खुशी पाठक, सौन्दर्य व्यवसायी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय