+
+

आइतबारदेखि सुर्खेत प्रशासनमा ‘बार प्रणाली’ लागू

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ८ गते १८:५९

८ माघ, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्याधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार प्रणाली’ लागू गर्ने भएको छ । कार्यालयमा भीडभाड देखिएको र कोभिड-१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न बार प्रणाली लागू गरेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहितको मतदाता नामावली दर्ता तथा विद्युतीय राहदानीसम्बन्धी कार्यका लागि सेवा गर्न ‘बार’ प्रणाली तोकिएको बताए । उनका अनुसार आइतबार र शुक्रबार लेकबेँशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिका, मङ्गलबार वीरेन्द्रनगर नगरपालिका, सोमबार र मङ्गलबार भेरीगङ्गा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिका, बुधबार र बिहीबार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका सेवाग्राहीका लागि पालो निर्धारण गरिएको छ ।

प्रशासनले बार प्रणालीबमोजिम अनिवार्य स्वास्थ्य मापदण्ड अपनाई पूर्ण खोप लगाएको कार्ड वा सोको मोबाइलमा खिचिएको फोटो भए पनि साथमा लिएर आउन सम्बन्धित सेवाग्राही र स्थानीय तहलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?