
९ माघ, जनकपुर । मधेश प्रदेश सरकारले आफ्नो राजपत्रमा नेपालको नक्सा सच्याएको छ ।
प्रदेशको नाम र राजधानी राजपत्रमा प्रकाशित गर्दा नेपालको पुरानै नक्सा राखेपछि आलोचना भएको थियो । आलोचनापछि आइतबार प्रदेश सरकारले चुच्चे नक्सा राखेर राजपत्र पुन: प्रकाशन गरेको हो ।
संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले राजपत्रमा चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेपछि यसको आलोचना भएको थियो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले यसलाई तत्कालै सच्याउने बताएका थिए ।
आइतबार नै नेपालको नयाँ नक्सा राखिसकिएको प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4