+
+

विद्यार्थीको मनोभाव बुझ्न वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १८:०८

१६ फागुन, सप्तरी । विद्यार्थीको मनोभाव बुझ्ने उद्देश्यले सप्तरीमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने भएको छ ।

सगरमाथा साहित्य परिषद्क आयोजनामा जिल्लाको कञ्चनरुप नगरपालिकामा आगामी फागुन २५ गते प्रतियोगिता सञ्चालन हुँदैछ ।

विद्यार्थीलाई तीनवटा विषयमा बोल्न लगाइने आयोजकले जनाएको छ । मेरो सोंचाई र रोजाइका बाआमा, मैले खोजेको र रोजेको शिक्षक तथा म र मेरो मनोविज्ञान मैत्री विद्यालय शीर्षकमा प्रतियोगिता हुने भएको हो ।

यी तीन विषयमध्ये सहभागीको इच्छा अनुसार कुनै एक शीर्षकमा बोल्न ५ मिनेट समय दिइनेछ । पहिलो चरणमा सहभागी भएकामध्ये उत्कृष्ट १५ जनालाई छनौट गरी उनीहरूलाई ३ शीर्षकमा गोलाप्रथाबाट छनौट गरी ७ मिनेट बोल्न समय दिइने अध्यक्ष मनोहर पोखरेलले बताए ।

सर्वोत्कृष्ट ५ जनालाई पुरस्कृत गरिने उनले बताए । प्रथम हुनेलाई ११ हजार, द्धितीय हुनेलाई ८ हजार, तृतीय हुनेलाई ५ हजार, दुई जनालाई सान्तवना स्वरुप २ हजारका दरले पुरस्कृत गरिनेछ । यस्तै, ५ जनालाई १ हजारका दरले समतामूलक सान्तवना पुरस्कार प्रदान गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?