+
+

जापानले नेपाललाई दियो २ अर्ब ६१ करोड अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १५:०५
अर्थसचिव मधुकुमार मरासिनी र राजदूत किकुता युटाका ।

२६ फागुन, काठमाडौं । जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् ।

जापानले उपलब्ध गराउने यो अनुदान रकम रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने मन्त्रालयले जनाएको छ । जापान नेपाललाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने मुलुकमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?