+
+

लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु : नेपाल

रासस रासस
२०७८ चैत ४ गते २२:१०

४ चैत, गोरखा । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पुर्याएका गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा एकीकृत समाजवादीले लाप्राकमा शुक्रबार गरेको कार्यक्रममा अध्यक्षसमेत रहेका नेपालले लाप्राकसम्म सडकबाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताए ।

लाप्राकको नमुनाबस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उनले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बताए । ‘लाप्राकसम्म पुग्न सडकमा ढल, बाटो निर्माणको काम त भइरहेको छ”, उनले भने , ‘यसलाई अझैँ गति दिनुपर्ने आवश्यकता छ ।’

लाप्राकसम्म नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्ने समेत उनले बताए ।  ‘विकासका लागि सरकार र मन्त्रीलाई घचघच्याउने काम मेरो हो,’  अध्यक्ष नेपालले भने, ‘तपाईहरु पनि लाग्नुस्, सामूहिकतामा काम गर्न सकियो भने विकास सजिलै हुनसक्छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?