+
+

नेपालमा नयाँ गाडी फोर्स गुर्खा सार्वजनिक हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १३:०४

काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खा नेपाली बजारमा शुक्रबारदेखि बिक्री वितरण सुरु गर्ने भएको छ ।

उक्त नयाँ गाडी नेपालका सडकका लागि उपयुक्त हुने आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाको दाबी छ । नेपालका लागि आयाम इन्टरकन्टिनेन्टल फोर्स मोटर्स गाडीको आधिकारिक बिक्रेता हो ।

‘ग्राउण्ड-अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’ मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी-वागनलाई प्रतिबिम्वित गर्छ ।

लामो र चौडा बनोट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ । यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ।

मर्सिडिज निर्मित २६०० सीसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेन्ट) एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ । त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको कम्पनीको भनाइ छ।

अटो मिडियाले यो गाडीको टेस्ट ड्राइभ सम्बन्धी गरेको कभरेजमा गुर्खाको डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उकृष्ठ भएको जनाएका थिए।

कम्पनीका अनुसार पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?