+
+

गोविन्द गिरी प्रेरणाको यात्रा संस्मरण ‘टुप्लुक्क टोकियो’को विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते ११:०६

काठमाडौं । साहित्यकार गोविन्द गिरी प्रेरणाको यात्रा संस्मरण पुस्तक ‘टुप्लुक्क टोकियो’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार संघले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन गरिएको हो ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै नियात्राकार प्रतीक ढकालले साहित्यकार गिरीको लामो लेखन सक्रियता लोभलाग्दो भएको बताए । गिरी हरेक विधामा उत्कृष्ट सिर्जना गर्न सफल भएको उनले बताए ।

संघका अध्यक्ष राधेश्याम लेकालीले साहित्यकार गिरी नेपाली साहित्यका लागि उदाहरणीय व्यक्ति भएको उल्लेख गरे । साहित्यकार गिरीले लेखन आफ्ना लागि नशाजस्तै भएको बताए ।

बीएन पुस्तक संसारले प्रकाशन गरेको पुस्तकको मूल्य २५० रुपैयाँ तोकिएको छ ।

कार्यक्रममा अमेरिका निवासी कवि वसन्त श्रेष्ठ र जापान निवासी पुष्करजंग थापालाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?