+
+

हात्तीको भन्दापनि ठूलो किन हुन्छ मान्छेको नितम्ब ? यस्तो छ वैज्ञानिक कारण (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते २०:१५

२ वैशाख, काठमाडौं । यो तथ्य सायद धेरैलाई थाहा नहुन सक्छ की पृथ्वीमा सबैभन्दा ठूलो नितम्ब हुने प्राणी मानिस हो । रोचक त के भने मानिसको नितम्ब हात्तीको भन्दा पनि ठूलो हुन्छ । सायद यो कुरा धेरैलाई मजाक लाग्न सक्दछ । तर वैज्ञानिक हिसाबले तुलना गर्दा हात्तीको तुलनामा मानिस नै ठूलो नितम्बवाला प्राणी हो ।

वैज्ञानिकहरुका अनुसार मानिसको नितम्बको आकारका आधारमा व्यक्तिको स्वास्थ्य अनुमानसमेत गर्न सकिन्छ । व्यक्तिको नितम्बको आकार उसको जिनमा निर्भर गर्दछ । पछि यसको आकारप्रकारमा बढोत्तरी तथा सुडौलपन ल्याउने काम उमेर तथा व्यायाम आदिले पनि गर्दछ ।

भलै हात्तीको नितम्ब मानिसको नितम्ब भन्दा कैयन् गुणा ठूलो हुनसक्दछ तर सरीरको अनुपातमा नितम्बको आकारको तुलना गर्दा चाहीँ हात्तीको तुलनामा मानिसमा नितम्बको आकार ठूलो हुन्छ । अर्थात् मानिसमा उसको सरीरको अनुपातमा नितम्बको आकार संसारका अरु सबै प्राणीमा भन्दा ठूलो हुन्छ । यसको कारण के हो त ?

मानिसको नितम्बको मासुभित्र ग्लुटियल फोल्ड तथा ग्लुटियल क्लेफ्ट हुन्छ । अमेरिकाको इन्स्टिच्यूट अफ ह्युमन एनाटोमीका सह सस्थापक जोनाथन बेनिनो र प्रयोगशाला निर्देशक जस्टिन केटलले एक भिडियो जारी गरी यो तथ्य पछाडिको रहस्य बताएका छन् । उनले कसरी नितम्बको तन्तु कसले सबैभन्दा ठूलो हुन्छ र कसरी सरीरको कंकाल अर्थात् हड्डीसँग जोडिएको हुन्छ भन्ने बारेमा पनि बताएका छन् ।

यसका लागि उनीहरुले दान गरिएको मानिसको सरीरको प्रयोग गरेका छन् । उनीहरुले मानिसको नितम्बको चिरफार गरेर त्यसको आन्तरिक संरचनाका बारेमा व्याख्या गरेका छन् । जस अनुसार नितम्बको सबैभन्दा माथिल्लो पत्रमा छाला, डर्मिस र इपिडर्मिस हुन्छ ।

त्यसपछि हाइपोडर्मिस हुन्छ जुन एडिपोज नामक फ्याट्टी तन्तुबाट बनेको हुन्छ । एडिपोज नामको तन्तुको मोटोपना सरीरमा रहेको बोसोमा निर्भर गर्दछ । सरीरमा जतिधेरै बोसो भयो नितम्ब उत्ति नै ठूलो हुन्छ ।

तर यसका पछाडि पनि एउटा कारण छ, त्यो हो ग्लुटियस मेक्सिमस । यो मांशपेशीको एउटा समूह हो जसले मानिसलाई हिँडडुल गर्न, उठबस गर्न, सुत्न तथा व्यायाम गर्नमा सहयोग गर्दछ । यसको माथि तथा तल सरीरको अधिकांश वजन टिकेको हुन्छ । यसले सरीरको सन्तुलन बनाउँदछ ।

ग्लुटियस मेक्सिमस मेरुदण्डको हड्डीसँग जोडिएको हुन्छ । यसले हाम्रो दुबै खुट्टामा सन्तुलन बनाएर हिड्न, दौडिन तथ कुनैपनि खाले व्यायाम गर्नमा सहयोग गर्दछ ।

चारखुट्टे जनावरहरुको ग्लुटियस मेक्सिमस मांशपेशी बलियो हुँदैन र सही आकारमा पनि रहँदैन । वास्तवमा यो मांशपेशीको उपयोग जति धेरै हुन्छ त्यसको क्षमता र आकारमा पनि बढोत्तरी हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?