+
+

दीपेन्द्रको निर्देशनमा बन्ने ‘के घर के डेरा’मा सुरक्षा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १९:००
अभिनेत्री सुरक्षा पन्त । फाइल तस्वीर

काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘के घर के डेरा’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । शुक्रबार निर्माण टिमले सुरक्षालाई फिल्मको मुख्य भूमिकामा अनुबन्ध गरेको हो ।

फिल्ममा सुरक्षाको प्रवेशसँगै चार जना मुख्य कलाकार फाइनल भएका छन् । अभिनेता दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा यसअघि नै अनुबन्धित भइसकेका छन् ।

‘के घर के डेरा’ वैशाख २२ गतेबाट छायांकनमा जानेछ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा गरिने निर्माण टिमले जनाएको छ ।

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्म आगामी वर्षमा नै प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?