+
+

एमालेले टुंग्यायो सिन्धुपाल्चोकका १२ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १०:२९

११ वैशाख, सिन्धुपाल्चोक । नेकपा एमालेले सिन्धुपाल्चोकका १२ वटै पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

एमाले नेता शेरबहादुर तामाङका अनुसार बाह्रबिसे नगरपालिकाको मेयरमा निमाफुन्जो शेर्पा र उपमेयरमा कल्याणी घिसिङलाई टिकट दिइएको छ ।

चौतारा साँगाचोकगढीको मेयरमा इन्द्रप्रसाद नेपाल र उपमेयरमा बालकुमारी सापकोटा तथा मेलम्चीको मेयरमा बालकृष्ण देउजा र उपमेयरमा उमा प्रधानलाई एमालेले उम्मेदवार बनाएको छ ।

भोटेकोशी गाउँपालिकाको अध्यक्षमा अमृतबहादुर खड्का र उपाध्यक्षमा सुन्तलीमाया तामाङ, त्रिपुरासुन्दरीको अध्यक्षमा मेघनाथ पौडेल र उपाध्यक्षमा सबिता श्रेष्ठ, लिसंखुपाखरको अध्यक्षमा सूर्यबहाखुर लामा र उपाध्यक्षमा कञ्चन लामालाई टिकट दिइएको छ ।

यस्तै सुनकोशी गाउँपालिकाको अध्यक्षमा टपिन्द्रप्रसाद चिमल्सिना र उपप्रमुखमा मन्जु भण्डारी, बलेफी गाउँपालिकाको अध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा चन्द्रावती थापा, जुगल गाउँपालिकाको अध्यक्षमा जयबहादुर लामा, इन्द्रावतीमा झम्कनाथ नेपाल तथा उपाध्यक्षमा शोभना तामाङलाई उम्मेदवार बनाएको छ ।

पाँचपोखरीको अध्यक्षमा टासी लामा तथा उपाध्यक्षमा सुनिता अधिकारी तथा हेलम्बु गाउँपालिकाको प्रमुखमा हस्तबहादुर पण्डितलाई उम्मेदवार बनाइएको एमाले नेता तामाङले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?