+
+

मेयरको उम्मेदवारी दिएका केशव स्थापित भन्छन्- म प्रमाणित मान्छे हुँ, गेम इज ओभर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १३:५०

१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता केशव स्थापितले आफू प्रमाणित मान्छे भएको बताएका छन् । आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याउने उनको दाबी छ ।

राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले भने, ‘म प्रमाणित मान्छे हुँ ।’

काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने भन्दै उनले भने, ‘८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर ।’

गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर भोट ल्याएर जित्ने उनको दाबी छ । ‘गठबन्धनको डबल, लेखेर राख्नुस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?