+
+

‘रनवे ३४’मा पाइलटलाई गलत ढंगले प्रस्तुत गरेको भन्दै भारतीय पाइलट महासंघको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १३:३४

काठमाडौं । बलिउड अभिनेता अजय देवगण भर्खरै रिलिज भएको आफ्नो फिल्म ‘रनवे ३४’का कारण चर्चामा छन् । यो फिल्मको निर्देशक पनि अजय नै हुन् ।

फिल्ममा अजयले एक सन्काहा पाइलटको भूमिका निर्वाह गरेका छन् । फिल्मलाई सत्य घटनामा आधारित भनिएको छ । यसैबीच, भारतीय पाइलट महासंघले भने ‘रनवे ३४’मा पाइलटलाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै फिल्मलाई सत्य घटनामा आधारित भए पनि पूरै कपोलकल्पित ढंगले प्रस्तुत गरिएको जनाएको छ ।

फिल्मको निर्माण पक्षले भने सन् २०१५ मा दोहाबाट कोची आइरहेको विमानलाई क्र्यास ल्यान्डिङ घटनाको सत्य कहानी बताउँदै आएको छ । मौसम खराब भएका कारण कम भिजिबिलिटी हुँदा उक्त विमान दुर्घटना भएको थियो । दुर्घटनामा केही यात्रुको मृत्यु भएको थियो । तर पाइलट महासंघले भने फिल्ममा देखाइएको घटना सत्यबाट धेरै टाढा रहेको बताएको छ ।

महासंघका सचिव क्याप्टेन सीएस रान्धावाले भनेका छन्, ‘रनवे ३४ को निन्दा गर्दछौं । फिल्ममा पाइलट पेशालाई जुन तरिकाले देखाइएको छ, यो सत्यबाट कोशौं टाढा छ । जुन ढंगले फिल्ममा देखाइएको छ, त्यसले विमानमा यात्रा गर्ने यात्रुको मनमा भ्रामक सन्देश पैदा गर्न सक्छ ।’

‘रनवे ३४’मा अजयका अलावा अमिताभ बच्चन र रकुल पीत सिंह पनि मुख्य भूमिकामा रहेका छन् । फिल्म अप्रिल २९ बाट सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । बक्स अफिमसा भने फिल्मले खासै राम्रो व्यापार गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?