+
+

भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएकी छु : रेनु दाहाल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १४:२८
फाइल तस्वीर

२२ वैशाख,भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेकी रेनु दाहालले पाँच वर्षको अवधिमा भरतपुरमा गर्व गर्न सकिने काम गरेको दाबी गरेकी छन् ।

२०७४ सालमा मेयरमा निर्वाचित भएकी उनले विपक्षीहरुका अगाडि शिर झुकाउनु नपर्ने गरी काम गरेको बताएकी हुन् ।

सत्तारुढ गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले भनिन्, ‘पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी, प्रतिपक्षसँग आँखा जुधाएर कुरा गर्न सक्ने भएका छौं, भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएका छौं ।’

उनले पुनः निर्वाचित भए महानगरमा सुरु गरेको गौरवका आयोजना पूरा गर्ने बताइन् । आफूले पाँच वर्ष महानगरवासीको साझा जनप्रतिनिधिको हिसाबले काम गर्ने कोसिस गरेको पनि दाहालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?