+
+

गायक कमल खत्रीको युट्युब च्यानल ह्याक गरेर क्रिप्टोकरेन्सीको लाइभ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १८:०३
गायक कमल खत्री । फाइल तस्वीर

काठमाडौं । पछिल्लो समय सेलिब्रिटीदेखि मिडिया हाउससम्मका युट्युब च्यानल ह्याकरको निशानामा परिरहेका छन् । यही क्रममा बिहीबार गायक कमल खत्रीको युट्युब च्यानल पनि ह्याक भएको छ ।

उक्त च्यानलमा रहेको एउटा गीतबाहेक अन्य सबै कन्टेन्ट गायब भएका छन् । ह्याकरले उक्त च्यानललाई कब्जामा लिंदै ह्याकरले नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी र इथिरियमको लाइभ गरिरहेको छ ।

उक्त च्यानलमा एलन मस्क र ट्वीटरका पूर्व सीईओ ज्याक डोर्सीको तस्वीर राखेर लाइभ भइरहेको छ ।  खत्रीको यो च्यानलमा ६ लाखभन्दा बढी सब्सक्राइबर छन् ।

अहिले उक्त युट्युब च्यानलमा पल शाह अभिनित ‘फिक्का फिक्का छिन छिनमै’ भन्ने गीतको भिडियो मात्र छ । गायक खत्रीले ह्याकरको कब्जाबाट च्यानललाई फिर्ता ल्याउन पहल भइरहेको बताए ।

पछिल्लो पटक गायक भिटेन, मिडिया कम्पनीहरु बुढासुब्बा र ओएसआर च्यानल पनि ह्याक भएर फिर्ता गराइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?