+
+

रुकुम पश्चिमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवार प्यानलसहित विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १६:३९

३१ वैशाख, रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर १ मा स्वतन्त्र उम्मेदवार प्यानल विजयी भएका छन् ।

वडाध्यक्षमा सुन्दर वली स्वतन्त्रबाट प्यानल कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् ।

वली ५७७ मतले विजयी भएका हुन् । दोस्रो भएका माओवादीका लक्ष्मण वलीले ४१७ र नेपाली कांग्रेसका मुस्कान वलीले ४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र प्यानलबाट महिला सदस्य ५३१, दलित महिला सदस्य ५३६, खुल्ला सदस्य ५०७ र खुल्ला सदस्यमा ४९२ मत प्राप्त गरी विजयी भएका छन् ।

त्रिवेणीमा अहिलेसम्म १११४ मत गणना गरिएको छ ।गाउँपालिका अध्यक्षमा माओवादीका गनेश केसी ५८८, नेपाली कांग्रेसका अमरसिं खड्काले २३० र एमालेका चोपलाल खड्काले १५ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?