+
+

भारतसँगको कोशी सम्झौता रद्द गर्न मधेशका सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते २०:१३

२५ जेठ, जनकपुरधाम । मधेश प्रदेशका सांसद विदेश्वर यादव ‘विक्की’ ले नेपाल र भारतबीच भएको कोशी सम्झौता रद्द गर्न माग गरेका छन् । सम्झौता बमोजिम भारतले काम नगरेको भन्दै त्यही कारण सप्तरीको दक्षिणी भेगका जनता समस्यामा पर्न थालेको बताए ।

बुधबारको प्रदेश सभाको बैठकमा बोल्दै सांसद यादवले सप्तरीको दक्षिणी भेगमा ३२ किलोमिटरसम्म रहेको कोशी पश्चिमी नहरको डिलको सडक जीर्ण बनेको वर्षौ भइसकेको बताए ।

‘सप्तरीको दक्षिणी क्षेत्रका जनताको प्रमुख सडकको रुपमा यो नहरको डिल रही आएको छ’ सांसद यादवले भने, ‘तर बर्षौदेखि जीर्ण छ । सम्झौता अनुसार मर्मत सम्भार गर्ने जिम्मा लिएको भारतले कुनै चासो नै दिएको छैन । जसका कारण बर्षभरि नै हिंडडुल गर्न समस्या भइरहेको छ ।’

४० बर्षदेखि सडक मर्मत नगरिएको भन्दै उनले सबैतिर ध्यानाकर्षण गराउँदा पनि कुनै निकायले चासो नदिएको बताए । उनले पटक–पटक नेपाल सरकारको ध्यानाकर्षण गराएको र परराष्ट्र मन्त्रालयमार्फत् भारतीय राजदूतावासको ध्यानआकर्षण गराउँदा पनि चासो नदिनु बिडम्बना भएको बताए ।

सांसद यादवले भारतसँगको सम्झौता अनुसार नेपालले लगानी गरेर सडक मर्मत गर्न नमिल्ने भन्दै आफैं मर्मत गर्न सम्झौता रद्द गर्नुपर्ने बताए । ‘या त सम्झौता रद्द गरौं या सडक बनाउन पहल गरौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?