+
+

गुल्मीमा ढुंगाले लागेर स्कुल जाँदै गरेका विद्यार्थीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १२:३१

२६ जेठ, गुल्मी । गुल्मीमा ढुंगाले लागेर विद्यालय  जाँदै गरेका एक जना विद्यार्थीको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडानम्बर-३ निवासी १४ वर्षका गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए ।

मृतक रायमाझी  बिहीबार बिहान स्कुल जाने क्रममा  निर्माणकार्य चलिरहेको सडकमा डोजरले  फालेको ढुंगाले लागेर घाइते भएका थिए । उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रायमाझीको सव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान र डोजर चालकलाई नियन्त्रणमा लिइएको डिएसपी खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?