+
+

मोडल वाच : नम्बर वानको दौडमा स्वस्तिमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १७:५५

काठमाडौं । स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ शुक्रबारदेखि नेपालसहित एक दर्जन मुलुकमा प्रदर्शन हुँदैछ ।

‘होस्टेल रिटन्र्स’बाट अभिनय करिअर थालेकी २६ वर्षीया अभिनेत्री स्वस्तिमाले ‘चिसो मान्छे’मा सुदूरपश्चिमको बाजुराकी एक विवाहित युवतीको भूमिकामा अभिनय गरेकी छन् ।

‘बुलबुल’ फिल्मबाट समीक्षकको नजरमा परेकी स्वस्तिमा अभिनित कतिपय फिल्मले बक्स अफिसमा व्यावसायिक सफलता हासिल गरेका छन् । सात वर्ष लामो अभिनय करिअरमा स्वस्तिमा पात्रको ‘इमोसन’लाई चित्रण गर्न सक्नु नै अभिनयको सफलता बताउँछिन् ।

राष्ट्रिय फिल्म अवार्डसहित सार्क फिल्म अवार्ड समेत जितेकी स्वस्तिमाले दक्षिण भारतीय फिल्म थिरिमालीमा समेत अभिनय गरेकी छन् । फेसन कन्सस स्वस्तिमा नेपाली फिल्ममा नम्बर वान नायिका बन्ने दौडमा समेत छिन् ।

यसैसाता आफू अभिनित फिल्म चिसो मान्छेको प्रवद्र्धन गर्ने सिलसिलामा स्वस्तिमाले अनलाइनखबर कार्यालयमा केही आकर्षक तस्वीर खिचेकी छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?