+
+

कम्युनिष्ट एकताका लागि एमालेका युवा बोल्नुपर्छ : चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १९:४०

४ असार बुटवल । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूूर्वमन्त्री बैजनाथ चौधरीले कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका छन् ।

उनले कम्युनिष्टको एकताले मात्रै समाजवाद ल्याउन सम्भव हुने बताउँदै एकताका लागि अब एमाले भित्रका युवाहरुलाई बोल्न अपिल समेत गरे ।

‘एमालेका युवाहरु अब बोलौं, नेतृत्वलाई प्रेसर दिऔं’, शनिबार बुटवलमा आयोजित कार्यक्रममा चौधरीले भने, ‘तर वामपन्थी शक्तिहरुको एकता व्यक्तिको पद र सत्ता स्वार्थलाई हेरेर गर्न हुन्न ।’

०७४ मा नेकपा एमाले र माओवादी एकता सत्ता स्वार्थका लागि गरिएको पुष्टी भएको बताए । कार्यकर्तालाई गुुमराहमा राखेर केपी ओली र प्रचण्डलाई प्रधानमन्त्री बनाउन एकता गरिएको रहेछ, त्यो कुरा प्रधानमन्त्री हुन नपाएपछि थाहा भएको चौधरीले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले विश्वमै कम्युनिष्टहरु वैचारिक राजनैतिक रुपमा रक्षात्मक अवस्थामा रहेको स्मरण गर्दै वैचारिक धरातलमा टेकेर मात्रै कम्युनिष्ट दलहरुबीच एकता गर्नुपर्ने बताए ।

उनले मार्क्सवादी विचार र कम्युनिष्ट विचारलाई जनतासँग जोडेर अगाडि बढनुपर्ने बताए । ‘कुनै व्यक्तिलाई मुख्यमन्त्री वा प्रधानमन्त्री बनाउनका लागि एकता गर्नुको अर्थ छैन’, बरालले भने, ‘दीर्घकालनमा वाम एकताको खाँचो छ, त्यसको लागि निरन्तर बहस जरुरी छ ।’

राजनीतिक विश्लेषक रामचन्द्र श्रेष्ठले नेपालका कम्युनिष्ट पार्टीहरुमा नवधनाढ्यहरुले केन्द्रीय कमिटी कब्जा गरेकाले त्यहाँ संगठनका बारेमा विचार बहस हुन छाडेको बताए ।

उनले कम्युनिष्ट पार्टीको महाधिवेशनमा समेत खल्तीबाट प्रतिवेदन निकाल्ने र त्यही पारित गर्नुपर्ने अवस्थाले नेपालका कम्युनिष्टहरुमा कम्युनिष्टको चरित्र नभएको बताए ।
लेखक ऋषि आजादले वक्ताहरुले वामपन्थी एकता आवश्यक भएको तर, एकता विचार, सिद्धान्त र कार्यक्रमका आधारमा हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?