+
+

अर्थमन्त्रीमाथि उठेको प्रश्‍नबारे प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १४:५८

२१ असार, काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माबारे प्रश्न उठेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नप्रसाद सापकोटासँग यसबारे छलफल गर्ने भएका छन् ।

बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको भन्दै शर्मामाथि निरन्तर आलोचना हुन थालेपछि यसबारे मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल भएको थियो ।

‘अर्थमन्त्रीबारे धेरै कुरा आएपछि अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गर्छु भन्नु भएको छ,’ एक पूर्वस्थायी समिति सदस्यले अनलाइनखबरसँग भने, ‘बैठकमा यसबारे अरु केही छलफल भएन । धेरै कुरा पार्टीको संगठन निर्माणबारे नै भए।’

प्रमुख विपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै संसददेखि सडकसम्म आवाज उठाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?