+
+

उत्तरी गोरखा जोड्ने १८ किलोमिटर सडक सेनाले गर्‍यो हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १५:०३

२७ असार, गोरखा । बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्तगको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाले हावा डाँडादेखि दोभानसम्मको खण्ड ट्र्याक खोलेर विभागलाई हस्तान्तरण गरेको हो ।

सोमबार सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले एक कार्यक्रमका बीच सडक विभाग अन्तर्गतको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण गरे । अब यो सडक स्तरोन्नति लगायतका कामको जिम्मेवारी सडक विभागको हुनेछ ।

गोरखा जिल्लाको उत्तरी क्षेत्रको धार्चे गाउँपालिकाको हावा डाँडादेखि चुमनुब्री गाउँपालिकामा पर्ने चीनसँगको सिमाना लार्के भञ्ज्याङसम्मको ९२ किलोमिटर सडक ट्रयाक खोल्ने जिम्मा सरकारले २६ मंसिर २०७३ मा नेपाली सेनालाई दिएको छ । सेनाले २०७४ वैशाख महिनादेखि काम सुरु गरेको थियो ।

हालसम्म ३२ किलोमिटर ट्रयाक खुलिसकेको निर्माण कार्यदल प्रमुख मेजर भट्टले जानकारी दिए । ‘फिलिमको पाङसिङसम्म ट्रयाक खुलाइसकेका छौ, तर ठाउँ ठाउँमा मिलाउन बाँकी छ,’ उनले भने, ‘सडक विभागलाई हस्तान्तरण गरेको खण्डमा भने सबै काम सकिसक्यौं ।’

२०५२ सालमा भारत र चीन जोड्ने गरी पृथ्वी राजमार्गको नजिकैको बेनिघाटदेखि आरुघाट हुँदै आर्खेतसम्मको सडक निर्माण सुरुवात भएको थियो । त्यसपछि आर्थिक बर्ष २०६३÷६४ मा यो सडक चीनसँगको सिमाना लार्केभञ्ज्याङ जोड्ने योजना बनेको थियो र निर्माणको जिम्मा सडक विभागलाई दिइयो ।

आर्थिक वर्ष २०६६/६७ देखि निर्माण सुरु गरेको सडक विभागले हावा डाँडादेखि करिव १ किलोमिटर ट्रयाक खने पनि कडा चटानयुक्त भीर परेकाले पाँच बर्षसम्म काम अगाडि बढ्न सकेन ।

त्यसपछि २०७३ साल मंसिर २६ गते मन्त्रिपरिषद बैठकले सो क्षेत्रमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । उक्त सडक लापुवेशी, माछाखोला, जगत, सिर्दिवास बिही, प्रोक, सामागाउँ, साम्दो हुदै चीन र नेपालको सिमाना लार्के भञ्याङ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?