+
+

कोरोना नियन्त्रण गर्न सरकार सक्षम भएको स्वास्थ्यमन्त्री खापुङको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १७:२४

१ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड संक्रमणमा केही वृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएका छन् ।

कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गईरहँदा मन्त्री खापुङले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार सक्षम रहेको दावी गरेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कोभिड विरुद्धको खोप लगाउन छुटेकाहरुलाई नजिकको स्वास्थ्य संस्थामा गई लगाउन पनि आग्रह गरे ।

त्यस अवसरमा मन्त्री खापुङले कोभिड महामारीको दरमा पछिल्लो समय केही वृद्धि भएको उल्लेख गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर त्यसको संक्रमणबाट बच्न पनि सबैलाई आह्वान गरे ।

उनले भने, ‘म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्ड अपनाउनका लागि हार्दिक आह्वान गर्न चाहन्छु । अहिलेसम्म ११ हजार, ९५२ जना नेपालीहरुको कोरानाको कारण मृत्यवरण गर्नु परेको छ । र, आगामी दिनमा कोरोना वृद्धि भएपनि हामी नियन्त्रण गर्न सफल हुनेछौं । र, यसका कारण एक जना पनिको पनि ज्यान जान नपाओस् भन्ने कुरामा सरकार सजग छ ।’

मन्त्री खापुङले कोभिडका कारण एक जनाको पनि ज्यान जान नदिन सरकार सजग रहेको पटकपटक दोहोर्‍याए । सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९५३ जनाले ज्यान गुमाउनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?