+
+

प्रचण्डले भारत भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्छ : सांसद सुवाल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १२:४५

४ साउन, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भारत भ्रमणका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदलाई जानकारी गराउनुपर्ने माग गरेको छ ।

प्रचण्ड भारत भ्रमणमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि भारतमै रहेको र त्यही बेला भारतीय पक्षले नेपाली भूमि मिच्ने क्रम बढाएको दाबी गर्दै नेमकिपा सांसद प्रेम सुवालले प्रचण्डले भारत भ्रमणबारे जानकारी गराउनुपर्ने बताए ।

‘सरकारी अधिकारीहरु र नेताहरु जति जति भारत भ्रमणमा जान्छन् त्यति त्यति भारतीय पक्षले नेपालको भूमिमा अतिक्रमण बढाएको छ’ उनले भने ।

सांसद सुवालले अघि भने, ‘माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको भर्खरै भारत भ्रमण भयो । प्रधानमन्त्रीपत्नी नेका नेतृ आरजु राणा पनि उतै हुनुहुन्छ । यही बेला नेपाली भूमिमाथि भारत सरकारले मिच्ने काम पनि बढाएको छ । यसबारे माओवादी अध्यक्षज्यूलाई संसदमा बोल्न दिनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?