+
+

‘लाइगर’को ट्रेलर : विजय देवरकोन्डाको बलिउड डेब्यु फिल्ममा माइक टायसनको एक्सन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते ११:१७

काठमाडौं । विजय देवरकोन्डा स्टारर पहिलो बलिउड फिल्म ‘लाइगर’को आधिकारिक ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अनन्या पाण्डे विजयको अपोजिटमा प्रस्तुत भएकी छन् ।

ट्रेलरले विजयलाई किन फिल्मको क्रस्रबिड (वर्णशंकर) चरित्रमा प्रस्तुत गरियो भन्ने रहस्यलाई पुष्टि गर्छ । राम्या कृष्णन आमाको चरित्रमा अब्बल देखिएकी छन् ।

ट्रेलरको आकर्षक पक्ष विजयको एक्सन दृश्य र अवतार मात्र हैन, राम्याको शक्तिशाली उपस्थिति पनि हो । यसले उनको ‘बाहुबली’ अवतारलाई ताजा गराउँछ ।

फिल्ममा विजयले एमएम लडाकुको भूमिकामा अभिनय गरेका छन् भने उनलाई एक्सनका बहुमुखी चरित्रमा प्रस्तुत गरिएको छ । अनन्या विजयकी ‘लभ इन्ट्रेस्ट’को भूमिकामा देखिएकी छन् ।

बक्सिङ लिजेन्ड माइक टायसनले पनि उल्लेखनीय केमियो प्रस्तुत गरेका छन् जसले लाइगरसामु चुनौती प्रस्तुत गर्छ । एमएम लडाईंको प्रतिस्पर्धामा लाइगरले कसरी आफ्नो देशको प्रतिनिधित्व गर्छन् भन्ने कुरा ट्रेलरमा देखाइएको छ ।

ट्रेलरअघि नै फिल्मको पहिलो गीत ‘अक्डी पक्डी’ रिलिज भएको थियो । गीतमा विजय र अनन्याको रोमान्टिक ‘मुभ’ देख्न सकिन्छ । लाइगर विजयको पहिलो हिन्दी फिल्म मात्र नभएर अनन्याको पहिलो बहुभाषी फिल्म समेत हो ।

यो फिल्म भदौ १० गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?