+
+

सुदूरपश्चिममा ३ लाख ४६ हजार जनसंख्या अनुपस्थित

रामहरि ओझा रामहरि ओझा
२०७९ साउन २२ गते १८:५५

२२ साउन, डोटी । राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा तीन लाख ४६ हजार ८३६ जना अनुपस्थित रहेका छन् ।

जनगणना हुँदा कामको सिलसिलामा वा अध्ययनको सिलसिलामा देश वाहिर रहेका व्यक्तिहरुलाई अनुपस्थित जनसंख्यामा राख्ने गरिन्छ । २०७८ सालको जनगणना हुँदा सुदूरपश्चिम प्रदेशमा पुरुष दुई लाख ५३ हजार १६९ र महिला ९३ हजार ६६७ अनुपस्थित रहेका छन् ।

प्रारम्भिक तथ्याङ्क अनुसार कैलालीमा सबैभन्दा बढी एक लाख १० हजार ६५१ जना अनुपस्थित रहेका छन् । यस जिल्लामा अनुपस्थित महिलाको संख्या ३२ हजार ११५ रहेको छ । यो संख्या जिल्लाको कुल जनसंख्याको १२ प्रतिशत हुन आउँछ । यस जिल्लाको कुल जनसंख्या नौ लाख ११ हजार १५५ रहेको जनगणनाको प्रारम्भिक तथ्याङ्कले देखाउँछ ।

कञ्चनपुर जिल्लामा पुरुष ५० हजार ८६२ र महिला १५ हजार २१६ गरी ६६ हजार ७८ जना अनुपस्थित रहेका छन् । यो संख्या जिल्लाको कुल जनसंख्या पाँच लाख १७ हजार ६४५ को ८ प्रतिशत हुन आउँछ ।

अछाममा ३० हजार ७६१ पुरुष र १३ हजार ८०४ महिला गरी ४५ हजार ५६५ जना अनुपस्थित रहेका छन् । जिल्लाको कुल जनसंख्या दुई लाख २९ हजार ८१६ रहेको छ । यस अनुसार जिल्लाको अनुपस्थित जनसंख्या कुल जनसंख्याको १९.३९ प्रतिशत रहेको छ ।

डोटी जिल्लाको कुल जनसंख्याको १४ प्रतिशत जनसंख्या अनुपस्थित रहेको छ । यस जिल्लामा दुई लाख पाँच हजार ६८३ जनसंख्या रहेकोमा २३ हजार ८६२ पुरुष र पाँच हजार २६३ महिला गरी २९ हजार १२५ अनुपस्थित रहेका छन् ।

डडेल्धुरामा १२ हजार ४०० पुरुष र दुई हजार ९४९ महिला गरी १५ हजार ३४९ अनुपस्थित रहेका छन् । यस जिल्लामा एक लाख ३९ हजार ४२० कुल जनसंख्या रहेको छ । जिल्लाको कुल जनसंख्याको ११ प्रतिशत अनुपस्थित छ ।

बैतडीमा १८ हजार २६९ पुरुष र चार हजार ५२० महिला गरी २२ हजार ७८९ जनसंख्या अनुपस्थित रहेको छ । यो संख्या बैतडीको कुल जनसंख्या २ लाख ४४ हजार ४०० को ९ प्रतिशत रहेको छ ।

दार्चुलामा ६ हजार दुई सय २३ पुरुष र एक हजार १५५ गरी सात हजार ३७८ जनसंख्या अनुस्थित छ । यो संख्या जिल्लाको कुल जनसंख्या एक लाख ३५ हजार ५६ को ५.४६ प्रतिशत हुन आउँछ ।

बझाङको कुल जनसंख्या एक लाख ८९ हजार ९७ मध्ये ३५ हजार ५५३ अर्थात् झण्डै १९ प्रतिशत जनसंख्या अनुस्थित रहेको प्रारम्भिक प्रतिवेदनले देखाउँछ । यस जिल्लामा पुरष २२ हजार २५० र महिला १३ हजार तीन सय तीन जना अनुस्थित रहेका छन् ।

बाजुरामा १० हजार ६ पुरुष र पाँच हजार ३४२ महिला गरी १५ हजार ३४८ जना अनुपस्थित छन् । यो संख्या यस जिल्लाको कुल जनसंख्या एक लाख ३८ हजार ९९८ को ११ प्रतिशत हुन आउँछ ।

केन्द्रीय तथ्याङ्क विभागले नेपालमा जनगणना २०७८ का क्रममा २१ लाख ६९ हजार ४७८ जना अनुपस्थित रहेको देखाएको छ । अनुपस्थित जनसंख्यामा पुरुष १७ लाख ६३ हजार ३१५ र महिला चार लाख ६ हजार १६३ रहेका छन् ।

शहरमा झण्डै ६७ प्रतिशत अनुस्थित

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार देशको जम्मा अनुपस्थित जनसंख्यामध्ये ६६.८६ प्रतिशत शहरी जनसंख्या रहेको देखाएको छ । १४ लाख ५० हजार ५६३ सहरी जनसंख्या अनुपस्थित रहेको छ ।

यस्तै तराईमा १० लाख ६५ हजार ९६९, पहाडमा नौ लाख ८४ हजार ८९६ र हिमालमा एक लाख १८ हजार ६१३ जना अनुपस्थित रहेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?