+
+

नेपालमा लगानी भित्र्याउन गैर आवासीय नेपालीलाई ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका ज्ञान, सीप र पूँजीलाई नेपालको विकास र सम्वृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १३:४१

१२ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका ज्ञान, सीप र पूँजीलाई नेपालको विकास र सम्वृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् ।

शनिबारदेखि थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको गैर आवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै ढकालले नेपालमा लगानी भित्र्याउन गैरआवासीय नेपालीहरुसँग आग्रह गरे ।

उनले भने, “नेपालमा लगानीको वातावरण छ । यहाँ अनगिन्ती अवसरहरु छन् । प्रकृतिले हामीलाई संसारकै धनी बनाई दिएको छ । त्यसैले अहिले जहाँ जेसुकै काममा रहे पनि भोलिका सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ । त्यसका लागि हामीले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पूँजी हाम्रै नेपाली आमाका लागि खर्चिनुपर्छ ।’

ढकालले संकटमा सबैलाई आफ्नो जन्मस्थानको चिन्ता र चासो रहने हुँदा अहिलेदेखि नै नेपालको विकास, सम्वृद्धि र समुन्नतिका लागि काम गर्न आह्वान गरे ।

आफ्नो जन्मस्थान सबैको प्यारो हुन्छ भन्ने कुरा कोरोना महामारीका समयमा विभिन्न मुलुकबाट धेरै नेपालीहरु फर्किनुले पनि पुष्टि गरेको उनको भनाइ थियो ।

गैर आवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप तथा पूँजी ठूलो महत्व रहने बताउँदै ढकालले त्यसको केही प्रतिशत भए पनि अहिलेदेखि आफ्नो जन्मस्थानको विकास र सम्वृद्धिमा प्रयोग गर्न आग्रह गरे ।

‘हामीले जुन सीप वा प्रविधि सिकिरहेका छौं त्यसलाई हाम्रो देशको विकासमा पनि लगाऔं । संसारको कुनाकाप्चमा पुगेर हामीले प्राप्त गरेको सीप या प्रविधिलाई हाम्रो देशको विकासमा लगाऔं । यसले मुलुकको काँचुली फेर्न सहयोग पुर्‍याउँछ । सम्वृद्धि हासिल गर्न सघाउँछ’ उनले भने ।

गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्न चाहेमा महासंघको तर्फबाट सहजीकरण गर्न आफू तयार रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?