+

दोस्रो बच्चा कहिले ?

२०७९ भदौ  १७ गते १०:२९ २०७९ भदौ १७ गते १०:२९
दोस्रो बच्चा कहिले ?

काठमाडौं । महिलाको हकमा २० वर्ष पुगेपछि विवाहका लागि योग्य मानिन्छ । भनिन्छ नि, ‘बीस वर्ष पारि, बिहेवारी ।’

मानसिक एवं शारीरिक परिपक्वताको हिसाबकिताब गरेरै विवाहको उमेर तय गरिएको हो । स्वभाविक हो, विवाहपछि दम्पतीले सन्तानको योजना बनाउँछन् । गर्भधारणका लागि दम्पतीको उमेरले पनि खास अर्थ राख्छ ।

 ३५ वर्षपछि गर्भधारण गर्नु त्यति उचित हुँदैन । किनभने यतिबेला एकातिर महिलामा गर्भ नरहने सम्भावना बढ्छ, अर्कोतिर पुरुषको शुक्रकीट कमसल हुँदै जान्छ । त्यसैले महिलाको हकमा ३५ वर्षअघि नै गर्भधारण गर्नु उचित हुन्छ ।

दोस्रो सन्तानको योजना

२५-२६ वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी आमाले दोस्रो सन्तान कुन उमेरमा जन्माउने त ? विगतमा एउटा नारा नै थियो, ‘दोस्रो बच्चा कहिले, दोस्रो स्कुल जान्छ जहिले ।’ अर्थात् पहिलो बच्चा हुर्किसकेपछि मात्र दोस्रो बच्चा जन्माउनुपर्छ भन्ने थियो । तर के यो महिलाको प्रजनन् स्वास्थ्य, परिवारको आर्थिक व्यवस्थापन, बच्चाको सामाजिक जीवनको हिसाबले उपयुक्त थियो ?

सन्तान जन्माउँदा महिलाले आफ्नी सन्तानको साथै आफ्नो उमेर पनि ख्याल गर्नुपर्छ । गर्भधारणको लागि २० वर्षपछि र ३५ वर्षअघिको  समय उपयुक्त हुन्छ ।

२० वर्षपछिको उमेर स्वास्थ्यको हिसाबले मात्र नभएर आर्थिक र सामाजिक हिसाबले पनि उपयुक्त हुन्छ । यसबेला महिलाले प्रजनन् स्वास्थ्य, प्रजनन् अधिकारबारे पनि बुझिसकेका हुन्छन् । महिलाहरुको प्रजनन स्वास्थ्यको कोणबाट हेर्ने हो भने २० वर्षपछि उनीहरु आमा बन्न योग्य हुन्छन् । यद्यपि पढाइ, करियर अन्य जिम्मेवारीका कारण यही उमेरमा विवाह हुन्छ वा गर्भधारण हुन्छ भन्ने हुँदैन । ३० वर्ष नबित्दै विवाह गरेकी महिलाले तीन वर्षको अन्तरमा बच्चा जन्माउन उपयुक्त हुन्छ ।

दोस्रो सन्तानको आवश्यकता

पहिलो बच्चा जन्मिएको तीन वर्षपघि दोस्रो सन्तान जन्माउनु उचित हुने राय दिन्छन् । उनका अनुसार पहिलो सन्तान जन्मिएको दोस्रो वर्षमा दम्पतीले अर्को बच्चाका लागि योजना बनाउनु उचित हुन्छ ।

अहिले बच्चाहरुलाई अढाइ-तीन वर्षमा विद्यालय पठाइन्छ, यस हिसाबले पहिलो बच्चा विद्यालय जान थालेपछि दोस्रो बच्चा जन्माउनु भनिएको हो ।’ यो जन्मान्तर सामाजिक, मानसिक, व्यावहारिक सबै हिसाबले सही  छ ।

जन्मान्तर बढी भएमा

पहिलो सन्तानपछि जन्मान्तर बढी राखेमा स्वास्थ्य जटिलता आउन सक्ने कुरा भ्रम भएको डा. साह बताउँछन् ।  एउटा सन्तान जन्मिएपछि अर्को सन्तान यही उमेरमा जन्माउनुपर्छ भन्ने भ्रम भएको उनको भनाइ छ । जन्मान्तर बढी राखेमा कुनै जटिलता आउँदैन । यद्यपि यसमा महिलाको उमेर बढी छ भने बच्चामा समस्या आउन सक्छ ।

महिलाको उमेर जति जति बढ्छ त्यति नै अण्डको गुणस्तरमा कमी आउने हुँदा गर्भ रहन गाह्रो हुन्छ । गर्भ रहे पनि खेर जान सक्ने र आमामा पनि गर्भावस्थामा जटिलताको थपिन सक्छ ।

सन्तान उत्पादनमा महिलाको उमेर बढी महत्वपूर्ण

उमेर बढ्दै गएपछि जसरी महिलाको अण्डको गुणस्तर कमजोर हुँदै जान्छ, उसैगरी पुरुषको शुक्रकीटको गुणस्तर पनि कमसल हुँदै जान्छ । यद्यपि स्वस्थ बच्चाका लागि पुरुष भन्दा पनि महिलाको उमेरले खास अर्थ राख्छ । किनभने एकपटक शारीरिक सम्पर्क हुँदा पुरुषबाट असंख्यौं शुक्रकीट निस्कन्छ । त्यसमध्ये सबैभन्दा बलियो वा तगडा शुक्रकीट महिलाको अण्डमा निषेचित हुन्छ । यसरी पुरुषको उमेर बढ्दै गए पनि र शुक्रकीट गुणस्तर कमजोर हुँदै गए पनि त्यसमध्ये सबैभन्दा बलियो शुक्रकीट महिलाको अण्डमा निषेचित हुने हो । तर महिलाको हकमा एउटा मात्र अण्ड उत्पादन हुने भएकाले उनीहरुको त्यो यदि कम गुणस्तरको भए बच्चामा समस्या देखिन सक्छ  ।

बढी उमेरको महिलाको अण्ड र क्रोमोजोमको गुणस्तर नहुन पनि सक्छ ।  पुरुषमा  शुक्रकीटको संख्या बढी हुने र तीमध्ये पनि  एउटा बलियो शुक्रकीटले निषेचन गराउन सक्ने, तर महिलाको भने अण्ड एकै हुने हुँदा महिलाको उमेरलाई महत्व हेरिएको हो ।

जन्मान्तर
डा. श्वेता सिंह
लेखक
डा. श्वेता सिंह
प्रसूति तथा स्त्रीरोग एवं नि:सन्तानपन विशेषज्ञ

डा. सिंह हाल ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । नि:सन्तानपन तथा प्रजनन् स्वास्थ्यमा फेलोसिप गरेकी छन् ।  उनको मेडिकल काउन्सिल दर्ता नम्बर ७८९५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय