+
+

चोरिएका २ मोटरसाइकलसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १७:१२

२३ भदौ, जनकपुरधाम । सिरहाबाट प्रहरीले चोरिएको दुई वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।

लहानस्थित प्रादेशिक अस्पतालको पार्किङ स्थलबाट चोरी भएको को.२६ प १८३६ र लहान १ बाट चोरी भएको स.६ प १७७ नम्बरको मोटरसाइकल छुट्टाछुट्टै मितिमा चोरी भएको थियो ।

यी दुई मोटरसाइकलसहित लहान नगरपालिका ३ बस्ने २० बर्षीय नवीन कुमार महतो, वडा नम्बर ३ बस्ने २४ बर्षीय राकेश राय र २२ बर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान गर्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?