+
+

धनुषामा आमाको हत्या आरोपमा छोरा, बुहारीको हत्या आरोपमा जेठाजु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १८:५०
आमाको हत्या आरोपमा पक्राउ परेका मनोज मण्डल र बबितिया देवीको हत्या आरोपमा पक्राउ परेका ३ जना ।

३१ असोज, जनकपुरधाम । धनुषामा भएको छुट्टा छुट्टै दुई हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आमाको हत्या आरोपमा छोरा र भाइबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सबैला नगरपालिका वडा नम्बर ५ मखनाहा निवासी २५ बर्षीय मनोज मण्डललाई आफ्नै आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उनकी आमा ४० वर्षीया सिकिलियादेवी शनिबार बिहान १ बजे आफ्नै घरको छतमा मृत फेला परेकी थिइन् । घट्नाको अनुसन्धान गर्दा मनोजले मादक पदार्थ सेवन गरी कुपिट गरेर हत्या गरेको खुलेको देखिएको प्रहरीले जनाएको छ ।

मनोजलाई तत्कालै पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीका प्रवक्ता एवम् डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

बुहारी हत्या आरोपमा जेठाजुसहित तीन जना पक्राउ

शहीदनगर नगरपालिका ३ यदुकुहामा आफ्नै भाइबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय वीरेन्द्र दास (मृतक महिलाका जेठाजु), वीरेन्द्रका काका १९ वर्षीय उमेश दास र सालो १९ वर्षीय शत्रुद्यन दास छन् ।

वीरेन्द्रले काका र सालोको सहयोगमा आफ्नै भाइबुहारी बबितिया देवीको हत्या गरेको प्रहरीको आरोप छ ।

प्रहरीका अनुसार वीरेन्द्र र बबितिया देवीबीच अनैतिक सम्बन्ध थियो । यो सम्बन्ध गाउँ समाजका व्यक्तिले थाहा पाउन थालेको र बबितियाको व्यवहार पनि परिवर्तन हुँदै गएकाले हत्याको योजना बनाएको देखिएको प्रवक्ता क्षेत्रीले बताए ।

२७ भदौमा आफ्नै घरमा सुतिरहेकी बबितिया देवीलाई शत्रुद्यनले खुट्टा, उमेशले हात समातिरहँदा वीरेन्द्रले डोरीबाट घाँटी कसी मारेको देखिएको क्षेत्रीको भनाइ छ ।

बबितियाको हत्या पश्चात शवलाई खाटमुनि लुकाइ कोठामा तीनै जना मेला हेर्न गएको र राति १२ बजेतिर आएर शवलाई बाँसघारीमा फालेका थिए ।

शव फालेपछि अरु कसैले बलात्कार गरेर मारेको हो भन्ने देखाउन तीनै जनाले मृतकले लगाएको ब्लाउज र चप्पल घट्नास्थलमा राखेको देखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?