+
+

‘प्रेमगीत ३’ विवादमा नयाँ मोड : हिन्दी संस्करण नेपालमा सोमबारदेखि मात्रै रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १६:२८

काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा आगामी सोमबारदेखि रिलिज हुने भएको छ । निर्माण कम्पनी आशुसेन फिल्म्सले दशैं घटस्थापनाको दिनदेखि फिल्मलाई देशव्यापी प्रदर्शनमा ल्याउने जनाएको छ ।

‘हिन्दी भर्सन विविध प्राविधिक कारणले एक-दुई दिन रिलिज गर्न नसक्ने स्थिति सिर्जना बनाइयो,’ निर्माता सन्तोष सेनले फेसबुकमा लेखेका छन्, ‘अहिलेको लागि हामी क्षमाप्रार्थी छौं ।’

चलचित्र विकास बोर्ड स्रोतले भने निर्माण कम्पनीबाट प्राप्त हुने सेन्सर र कर चुक्ताको कागजपत्र नपुगेकाले सेन्सरमा ढिलाइ भएको बतायो । ‘कागजपत्र क्लियर हुने बित्तिकै सेन्सर हुन्छ र प्रदर्शन हुन्छ,’ स्रोतले भन्यो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी संस्करणको प्रेमगीत ३ लाई नेपाली फिल्मको मान्यता दिएपछि घटनाक्रमले नयाँ मोड लिएको हो । फिल्मको नेपाली संस्करण शुक्रबार रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?