+
+

४३ करोडको बिलिनियर थ्री घडीसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते २०:४१

काठमाडौं । भारतको भन्सार विभागले महंगो मूल्यका ७ घडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

दुबईबाट दिल्ली आएका उनलाई घडी तस्करीको आरोपमा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनको साथबाट बरामद भएको घडीमा हिरा जडित ज्याकब एण्ड कम्पनीको घडी समेत छ । यसको मूल्य २७ करोड भारु अर्थात ४३ करोड नेपाली रुपैयाँभन्दा धेरै पर्छ ।

भन्सार अधिकारीहरुका अनुसार पाँच रोलेक्स र एक पियागेट लाइफटाइम स्टेला घडी पनि बरामद भएको छ ।

हिरा जडित बिलिनियर थ्री घडी बनाउने ज्याकब एण्ड कम्पनीको वेबसाइटका अनुसार यो पहिलो पटक २०१५ मा सार्वजनिक गरिएको थियो । एमराल्ड कट डायमण्डले सजाइएको यो घडीको तौल २६० क्यारेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?