+
+

एमाले मोरङ सचिवले दिए राजीनामा, उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १३:३३

२२ असोज, मोरङ । उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको भन्दै खतिवडाले राजीनामा दिएका हुन् ।

उनले पार्टीले गर्ने निर्णयहरुका सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्नेमा त्यस अनुसार नभएको उनको भनाइ छ । उनले लेखेका छन्, ‘यस्तो गैह्र राजनीतिक कार्यको किनाराको साक्षी भएर बस्न नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरीत हुने भएकाले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिव पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’

जिल्ला कमिटी अध्यक्षलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रको बोधार्थ प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?