+
+

गोरखामा एकै परिवारका तीन जना मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १८:५२

२२ असोज, गोरखा । गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ ।

भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । ‘७ वर्षका २ बालकको शव काब्रोको रुखमा झुण्डिएको अवस्था फेला परेको छ,’ उनले भने, ‘बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।’

घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुण्ड्याएर हत्या गरी आफूले त्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । तीन वटै शवलाई पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ ।

बिहान स्थानीयबासिन्दाले रुखमा मान्छे भुण्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए ।

गाउँलेका अनुसार मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?