+
+

नवनिर्वाचित सांसदको प्रतीक्षामा संसद (तस्वीरहरु )

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ मंसिर १४ गते १५:५६

१४ मंसिर, काठमाडौं ।  संघीय संसद सचिवायले नयाँ संसदका लागि भौतिक पूर्वाधारको तयारी सुरु गरेको छ । प्रतिनिधिसभाको चुनाव प्रत्यक्षतर्फको धेरै नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिक पद्धतितर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

सांसदहरु निर्वाचित भएर आउनुअघि नै सभाहलको मर्मत सम्भार सक्ने, रङरोगन गर्ने लगायतका काम गरेको छ । संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार कहाँ कहाँ के के समस्याहरु छन् भनेर हेर्ने काम चलिरहेको बताए । ‘टुटफुट भएका र प्वाल रहे नरहेको हेर्ने कार्य भइरहेको छ’ उनले भने ।

निर्वाचनको अन्तिम परिणाम आउने बेलासम्म सबै व्यवस्थापनको काम सक्ने गरी काम गरिरहेको संसद सचिवालयका अधिकारीहरु बताउँछन् । सिंहदरबारस्थित पुतली बगैंचामा नयाँ भवन पनि निर्माण भइरहेको छ । तर, नयाँ संसदको बैठक भने नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै बस्नेछ ।

संसद सचिवालयका अधिकारीहरुका अनुसार नयाँ भवनमा तत्कालै संसद बैठक राख्न सम्भव छैन । आगामी चैतसम्म निर्माण सम्पन्न गर्ने समय नै बाँकी छ । नयाँ भवनको भौतिक निर्माण नै नसकिएकाले पुरानै भवनमा बैठक बस्न लागेको हो । २०७६ असोज १ गते शिलान्यास भएको नयाँ भवन शहरी विकास मन्त्रालयले बनाइरहेको छ ।

हेर्नुस् तस्वीरहरु :

DCIM101GOPROG2993537.JPG

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?