+
+

एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर वितरण प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते ११:००

१८ मंसिर, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ । शुक्रबार (मंसिर १६ गते) बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।

१ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले १० प्रतिशत बोनस सेयर तथा लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्ताावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?