+
+

२४ अंकले घट्यो नेप्से, डेढ अर्ब माथिको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १५:३३

१९ मंसिर, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २४.४६ अंक (१.२५ प्रतिशत) ले गिरावट भएर १९३८.७६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएका छन् । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.७१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि बजारमा कारोबार रकम भने डेढ अर्ब भन्दा माथि रहेको छ । सोमबार बजारमा ४१ लाख २७ हजार २८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख ५५ हजारको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको ३० करोड ८३ लाख ५७ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको २० करोड २३ लाख ४७ हजार र नबिल बैंकको ८ करोड ४७ लाख ८९ हजारको कारोबार भएको छ ।

सोमबार बजारमा कुल १९९ कम्पनीको सेयर कारोबार भएकोमा १८१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै १४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये सयपत्री हाइड्रोपावरको सेयरमूल्य ३.१२ प्रतिशतले वृद्धि हुँदा एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाइमूल्य २.५६ प्रतिशत र ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य २.२१ प्रतिशतले वृद्धि भएको छ ।

यता अजोड इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.३७ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.७७ प्रतिशत र ओरियन्टल होटेलको सेयर मूल्य ५.५३ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?