+
+

प्रतिस्पर्धी हिरोलाई अनमोलले दिए बधाई

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १३:४९

काठमाडौं । अनमोल केसी र धीरज मगर नेपाली फिल्मका प्रतिस्पर्धी कलाकार हुन् । एउटा नहुँदा अर्कोलाई फिल्ममा लिन प्रतिस्पर्धा गर्ने निर्माताको प्रवृत्ति नयाँ होइन ।

अनमोलको विकल्पमा धीरजले पनि आफूलाई स्थापित गर्दै गइरहेका छन् । यस्तो लाग्छ, अनमोलको ब्राण्डिङ शैलीलाई धीरज पछ्याउँदैछन् । जसले गर्दा यी दुईलाई नेपाली फिल्म क्षेत्रमा प्रतिस्पर्धीकै रुपमा लिइन्छ ।

उनै प्रतिस्पर्धी हिरो झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’मा जोडिएपछि अनमोलले धीरजलाई बधाई दिएका छन् । आफू अभिनित फिल्महरु ‘ए मेरो हजुर’को निर्माण कम्पनी सुहाना इन्टरटेनमेन्टको नयाँ प्रोजेक्टको हिरो बनेपछि धीरजलाई अनमोलको बधाई आएको हो ।

बधाईको यो शैली सकारात्मक अवश्य हो । प्रतिस्पर्धासँगै सहिष्णुताको भाव नेपाली फिल्ममा कमै देखिन्छ जसलाई अनमोलले अघि बढाएका छन् । कतिपय कुरामा अनमोल र धीरजको स्वभाव पनि मिल्छ । हुनसक्छ यही कारण उनीहरु फ्यानमाझ लोकप्रिय पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?