+
+

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १०:१७

२५ पुस, काठमाडौं । मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल शुरु गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बताएको छ ।

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्धारका लागि पहल लिएको हो ।

प्रधानमन्त्री प्रचण्डले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?