+
+

फिल्म ‘क्यामिनो’मा नीति शाह अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १२:५०

काठमाडौं । दक्षिण अमेरिकी मुलुक हुँदै हिंडेर अमेरिका जाने आप्रवासी संकटको कथावस्तुमा आधारित फिल्म ‘क्यामिनो’को शीर्षमध्येको एक भूमिकामा मोडल नीति शाह अनुबन्धित भएकी छन् । पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी उनी फिल्मको दुईमध्ये एक नायिकाको भूमिकामा देखिनेछिन् ।

नीतिसँग केही दिनअघि लिखित सम्झौता भएको निर्देशक दीपक वलीले जानकरी दिए । ‘उहाँको चुनौतीपूर्ण भूमिका छ र प्रदीप खड्काको अपोजिटमा देखिनुहुनेछ,’ वलीले अनलाइनखबरसँग भने, ‘शीर्षमध्येको भूमिकामा उहाँ प्रस्तुत हुनुहुनेछ ।’ यसअघि फिल्ममा प्रदीप खड्का, वर्षा सिवाकोटी र राजबल्लभ कोइराला पनि फाइनल भइसकेका छन् ।

आगामी अप्रिलदेखि ब्राजिल र मेक्सिकोमा छायांकन गर्ने तयारी गरिएको फिल्ममा प्रेम, रोमान्स र सस्पेन्स हुने निर्देशक वलीले जानकारी दिए । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

सौरभ लामाको छायांकन, एसडी योगी र एलिश कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनी भाषामा छायांकन गर्ने जनाइएको छ । फिल्मका कलाकार फागुनभित्र तय हुनेछन् । स्पेनी भाषामा ‘क्यामिनो’को अर्थ बाटो भन्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?