+
+

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १६:००

२३ चैत, जनकपुरधाम । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ५ भाटिन बस्ने वर्ष १७ का सागर पण्डित छन् ।

बिहीबार दिउँसो बोदेबर्साइन २ बैरियास्थित बिषनपुर बोदेबर्साइन सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आँउदै गरेको को १७ प ९४७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चालक पण्डितको उपचारका लागि जिवन ज्योति अस्पताल बोदेबर्साइनमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

मोटरसाइकलमा पछाडि बसेका १५ वर्षीय सुमित पण्डित घाइते भएका छन् । उनको जिवन ज्योति अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?