+
+

सांसद खानलाई निलम्बनको माग गर्दै जनमत पार्टीको कार्यालयमा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १४:४४

२७ चैत, काठमाडौं । राष्ट्रिय एकता अभियानले पूर्वमन्त्री तथा जनमत पार्टीका सांसद अब्दुल खानले अश्लिल हर्कत गरेको भन्दै उनलाई निलम्बनको माग गरेको छ ।

खानलाई निलम्बन गर्न माग गर्दै अभियानले जनमत पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।

सांसद खानले एक महिलासँग भर्चुअल माध्यममा अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । तर खानले भने त्यो भिडियो देखाएर आफूसँग भारतीय गिरोहले रकम माग गरेको र रकम नदिएपछि सामाजिक सञ्जालमा हालेको बताएका छन् । र उनले भिडियोमा देखिएको गतिविधि आफूले नगरेको दाबी पनि गरेका छन् ।

अभियानले यसअघि गत शुक्रबार सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै उनलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?