+
+

रुकुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते ११:०९

५ जेठ, दाङ । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  दुई जना  भने घाइते भएका छन् ।  मृत्यु हुनेमा

मुसिकोट नगरपालिका– १४ का १८ बर्षका हेमराज ओली रहेका प्रहरीले जनाएको छ ।

रा १ त ३७९० नम्वरको ट्याक्टर बिहिवार बेलुका सानीभेरी गाउँपालिका–९ को खारखोलामा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए ।

दुर्घटनामा मुसिकोट नगरपालिका–१४ का चन्द्रबहादुर खड्का र सानीभेरी गाउँपालिका–११ का शेरबहादुर विक घाइत भएका छन् । घाइते मध्ये खड्काको रुकुमको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ भने विकलाई नेपालगञ्ज लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?